चितवन,८ मंसिर ।
चितवनको उपरदाङगढीबाट पिकनिक खाएर फर्किदै गरेकाे स्कुल बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

केही विद्यार्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

बसमा ३० जना विद्यार्थी र ६ जना शिक्षक गरी ३६ जना सवार रहेको जनाइएको । दुर्घटनाका घाइतेहरूको अहिले चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उपरदाङगढीमा स्काउटको कार्यक्रम तथा वनभोज खाएर फर्किएको चित्रवन स्कुलको मप्र ०३-००१ क २६७७ नम्बरको बस कालिका नगरपालिका ९ मा पर्ने द्रव्यटारमा ब्रेक फेल भएर दुर्घटना भएको जनाइएको छ ।