बुटवल,८ मंसिर ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयाेजित अन्तर विद्यालय स्तरीय छात्र /छात्रा कबड्डी प्रतियोगिता अन्तर्गत शनिबारकाे छात्रा तर्फ प्रगति माविलाई ९ का बिरूद्व ५८ अंकले कालिका मावि विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजै भएको अर्को क्वाटर फाइनलमा नवरत्न माविलाई १२ का बिरूद्व ४५ अंकले विजयी हुँदै नविन औद्याेगिक मावि सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै छात्र तर्फ पहिलो क्वाटर फाइनल खेलमा माेतिपुर माविलाई १४ का बिरूद्व ४४ अंकले हराउँदै कालिका मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजै भएको नविन औद्याेगिक मावि र उजिरसिं मावि बिचकाे क्वाटर फानलमा ३४-३३ काे अन्तरले गार्गी मावि विजयी भएको छ ।
त्यस्तै न्यु होराइजन मावि र बुटवल मावि बिचकाे अर्को क्वाटर फाइनल खेलमा ४९-११ काे अन्तरले
होराइजन मावि विजयी भएको छ ।
भाेली हुने छात्रा तर्फकाे पहिलो सेमिफाइनल न्यु हाेराइजन र नविन औद्याेगिक मावि भिड्नेछन् भने दाेस्राे सेमिफाइनलमा माेतिपुर मावि र कालिका मावि भिड्ने नगर खेलकुद विकास समितिका सदस्य इश्वर गुरूङले जानकारी दिए ।
त्यस्तैगरी छात्र तर्फ कालिका मावि र गार्गी मावि तथा
न्यु हाेराइजन र नविन औद्याेगिक माविबीच प्रतिस्पर्धा हुनेछ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगिताकाे भाेली सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाले बताए ।
नगरका १९ विद्यालयकाे सहभागीता रहेको प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका थिए ।






