बुटवल,३० कार्तिक ।
देशकै उत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि बुटवलले कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीलाई ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेकाे छ ।

शुक्रबार प्रथम त्रैमासिक परिक्षाकाे नतिजा प्रकाशन तथा छात्रवृत्ति वितरण कार्यक्रम आयाेजना गरी १ सय १ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण तथा सम्मान गरेकाे हो ।

विगतका बर्षमा अन्य सामादायिक विद्यालय तर्फ नेपालमा पहिलाे पटक कुलविद्यार्थी मध्ये १० प्रतिशत छात्रवृत्ति प्रदान गरेकाे विद्यालयले याे बर्ष पनि छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा,कक्षा १-१२ परीक्षा संयाेजक युवराज कण्डेल ले पुरस्कार वितरण गरेका हुन ।
प्रथम त्रैमासिक परिक्षामा ३.६ जिपिए भन्दा माथि नतिजा ल्याउने १०१ जनालाई छात्रवृत्ति वितरण तथा सम्मान गरिएकाे हाे ।

कार्यक्रम मा बाेल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले रकम अभावमा काेहि पनि विद्यार्थी अध्यन बाट बञ्चित हन नपराेस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएकाे जानकारी दिए । उनले खेलकुदमा समेत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई समेत निःशुल्क छात्रवृत्ति प्रदान गर्ने क्रमलाई निरन्तरता दिएकाे जानकारी दिए । उनले नतिजा उत्कृष्ट ल्याउने विद्यार्थी लाई विद्यालयले जहिले पनि प्राेत्साहन प्रदान गर्ने जानकारी दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली ले विद्यार्थी, शिक्षक, अभिभावक काे अथक प्रयासबाट नतिजा ल्याउन सफल भएकाेमा धन्यवाद दिए । उनले सबै विद्यार्थी लाई बधाई तथा शुभकामना दीदै, आगामी दिनमा अझै उच्च नतिजा ल्याउनकाे लागि सुझाव समेत दिए ।

देशै सबैभन्दा धेरै विद्यार्थी रहेकाे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेका कालिका मानवज्ञान मावि मा हाल ८ हजार भन्दा बढि विद्यार्थी रहेका छन् । जसमा सेक्टर १ कालिकानगर र सेक्टर २ रामानगर गरि दुई वटा सेक्टरमा अध्यापन हुँदै आएकाे छ । शिक्षा दिवसकाे अवसरमा साे विद्यालय उत्कृष्टविद्यालयकाे रुपमा राष्ट्रिय ध्वजा सहित सम्मानित भएकाे थियो ।