बुटवल,२८ कार्तिक ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्,लुम्बिनी प्रदेश कार्यालयलाई तीन बुँदे माग राख्दै ४८ घण्टे अल्टिमेटम दिएको छ ।
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश संयोजक सन्देश सापकोटाकाे नेतृत्वमा गएको टोलीले तीन बुँदे माग राखेर ४८ घण्टे अल्टिमेटम पत्र दिएको हो ।
तत्कालीन सामाजिक विकास मन्त्रीले तामझाम सहित दाङको लमहीमा उद्घाटन गरिएको कार्यालय साउन देखि सुचारु गर्ने भनिएता पनि हालसम्म सेवा सुचारु नगर्नु र दुई ठाउँमा भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहनुले प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को आर्थिक अपारदर्शितालाई उदाङ्गो पारेको भन्दै अखिल क्रान्तिकारीले जनताको खुन पसिना बाट जम्मा भएको राज्य कोषको रकम दोहन आफ्नो संगठनलाई स्वीकार्य नभएको जनाइएको छ ।
४८ घण्टा भित्र आफुहरूका माग पुरा नभए कडा संघर्षमा उत्रिने जनाउँदै साे पत्रमा त्यसबाट उत्पन्न हुने सम्पुर्ण जवाफदेही र जिम्मेवारी प्रदेश कार्यालयनै हुने चेतावनी दिइएको छ ।
मागहरू यस प्रकार छन्
१. यहि मंसिर १ गते (४८ घण्टा) देखि अनिवार्य लमही कार्यलय बाट पुर्णरुपमा प्रदेश कार्यालयले सेवा सुचारु गर्नु पर्ने ।
२. जो जस्का कारण दोहोरो भाडा तिर्न बाध्य परेको या पारिएको छ उही व्यक्ती बाट हाल सम्मको भाडा असुल गर्नु पर्ने ।
३. हालको प्रदेशको कार्यालयको भाडा सम्झौता, भाडा दर र यसमा देखिएको कर्मचारिको कैफियतको छानबिन गरि दोषिलाइ कार्वाही हुनु पर्ने ।







