पाेखरा,५ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा साे पार्टीले सोमबार पनि
पाेखरामा प्रदर्शन गरेको छ । पोखरास्थित पृथ्वीचोकमा रास्वपाका नेता तथा कार्यकर्ता जम्मा भएर लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका उनीहरुले सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध अन्त्य गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएका छन् ।
आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन गरेको थियो ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेश गरिएको थियो ।
अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।






