पाेखरा,४ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले केहीबेर अघि एक प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो । उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ ।






