पोखरा,४ कार्तिक ।
अश्रु ग्यास र पानीको फोहोराका बाबजुद पाेखरामा रास्वपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन जारी राखेका छन । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदातलमा उपस्थित गराइने भएपछि रास्वपाका कार्यकर्ताहरुले विहान ११ बजेदेखी पोखराको सहिदचोकमा प्रदर्शन गरिरहेका हुन ।

प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले शुरुमा पानीको फोहोरा हान्नुका साथै एक राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । अश्रु ग्यास र पानीको फोहोरा प्रहार गर्दा समेत प्रदर्शनकारीले प्रदर्शनलाई जारी राखेका छन ।

यद्यपि जिल्ला प्रशासन कार्यालय कास्कीले पौने १२ बजे एक सुचना प्रकाशन गरी कास्कीको दुई ठाँउलाई आधार मानी निषेधित क्षेत्र घोषणा गरेको भएतापनि निषेधित क्षेत्र घोषणा पहिलेनै रास्वपाका कार्यकर्ताहरु सहिदचोकमा बाक्लो उपस्थिती रहका कारण प्रहरी प्रशासनलाई प्रदर्शनकारीलाई हटाउन हम्मे हम्मे परेको हो ।

केही बेर अगाडी प्रदर्शन कारीहरुले आफुहरुले मौन तवरले प्रदर्शन गर्ने भनेर प्रहरी संग आग्रह गरेको भएतापनि उच्श्रृङखल नारा र गतिविधी गर्न थालेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । पानीको फोहोरा प्रहार गर्दा समेत प्रदर्शनकारीहरुले प्रदर्शनलाई जारी राखेका छनभने सरकार र प्रहरी विरुद्ध नाराबाजी गरिरहेका छन ।