नवलपरासी,३ कार्तिक ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जिप कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनाका घाइतेलाई उद्वार गरी नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।
अनकन्टार पहाडमा दुर्घटना भएका कारण उद्धारमा समेत कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन् ।






