पोखरा,३ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन शुरु गरेका छन् ।
रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर नाराबाजी शुरु गरेका छन् । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।
लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।
रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्ने बताएको छ ।
लामिछाने पक्राउकाे बिराेधमा रास्वपाले आज बिहान ११ बजे पाेखरा र काठमाडौंको माइतिघरमा दिउँसो १ बजे प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।






