पाेखरा,३ कार्तिक ।
सहकारी ठगी तथा सङ्गठित अपराधकाे आराेपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।

शुक्रबार राति काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै आज बिहान ३ बजे पोखरा ल्याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

आज शनिबारको बिदा परेका कारण लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने जनाइएको छ ।