बागलुङ,३० असाेज ।
बागलुङको ताराखोला गाउँपालिकाका निवासी केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । उनलेे गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलेे बजार क्षेत्र नजिकको भीरबाट छोरालाई फालेकाे प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले खोलाबाट बालकको शव निकालेको थियो ।