काठमाण्डौ,२६ असाेज ।
२० वर्षमुनिको काभा पुरुष भलिबल च्याम्पियनशिपको उपाधि जित्न नेपाल असफल भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो ।

यो हारसँगै उपाधि जित्न असफल भएको हो । प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो ।

पहिलो सेट जितेको नेपालले त्यसपछिका तीन वटा सेटमा लगातार हार बेहोर्‍यो । हिजोको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । तुर्कमेनिस्तानसँग समान अङ्क भए पनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो । उज्वेकिस्तान समूह चरणका सबै पाँच खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।