Share this News on Social Networking Pages

काठमाडौँ,१२ असाेज ।
अविरल वर्षाका कारण देशभर बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाे भन्दै हाल जारी सबै परीक्षाहरू स्थगित भएको छ ।

शनिबार प्रधानमन्त्री कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिए ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।