बुटवल,२८ भदौ ।
६० औँ बाल दिवसको पूवंसध्यामा रूपन्देहीको कोटिहवा स्थित नोबल इन्भायरोमेन्ट एकेडेमीमा गठित नोबल बाल क्लबले सचेतना मूलक प्रभातफेरी आयोजना गरि मनाएकाे छ ।
कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी साे कार्यक्रममा स्कुल परिसरदेखि कोटिहवा चोक सम्म सचेतनामूलक ¥याली प्रदर्शन गरिएको एकेडेमीले जनाएको छ । ¥यालीमा बालबालिका सम्बन्धी विभिन्न सचेतनामूलक प्ले कार्ड प्रर्दशन गरिएको थियो ।
¥याली पछि विद्यालयको प्राङगणमा आयोजित कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले बाल अधिकार सम्बन्धी बतृत्वकलाष, कविता, कथा बाचन गरेका थिए । साथै नेपालका विविध संस्कृति झल्किने साँस्कृतिक नृत्यहरुको समेत प्रर्दशन गरेका थिए ।
नोबल बाल क्लबका अध्यक्ष विनिता पुनको अध्यक्षता, विद्यालयका प्रिन्सिपल खिनु गुरुङकाे प्रमुख आतिथ्यता र सुमा दगामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रमुख सुन्दर गुरूङले जानकारी दिए ।






