Share this News on Social Networking Pages

बुटवल,१९ भदौ ।
देशकै नमुना विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान मावि मा नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगीता गरिएको छ । कालिका मानवज्ञान मावि सेक्टर १, सेक्टर २ र कक्षा ११÷१२ को तहगत रुपमा प्रतियोगीता गरिएको हो ।

यस्तै सेक्टर १ तर्फ कक्षा ४–५ तर्फ प्रथम ५ बी का कञ्जन पौडेल, द्धितिय ४ ई का शिवानी कुमाल, ५ ई का शृष्टि पाण्डे तृतिय भएका छन् । यस्तै कक्षा ६–७ तर्फ कक्षा ७ डीका पुर्णीमा कुँवर प्रथम, ६ जी का रक्षा पाण्डे द्धितिय र ६ जी कै आर्य दया तृतिय स्थापन प्राप्त गर्न सफल भएका छन ।

यस्तै कक्षा, ९, ९ र १० तर्फ प्रथम ९ एच का रिजा पन्थीका प्रथम, ९ ई का एलिशा श्रेष्ठ द्धितिय, ९ एका अनुजा श्रेष्ठ तृतिय स्थान प्राप्त गर्न सफल भएको छन् ।

विद्यालयको सेक्टर २ तर्फ आयोजना गरिएको प्रतियोगीतमा जुनियरतर्फ प्रथमः देवकोटा सदन, द्वितीयःकर्णाली सदन, तृतीयः भानु सदन भएका छन् ।यस्तै सिनीयर तर्फ प्रथमः देवकोटा सदन,द्वितीयःकर्णाली सदन र तृतीयः भानु सदन भएको विद्यालयका ईन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।

यस्तै विद्यालयको कक्षा ११, १२ १२ वटा समुहको विचमा गरिएको प्रतिष्पर्धामा प्रिया खत्रीको समूह प्रथम भएको छ । द्वितीय समीक्षा पाण्डेको समूह,तृतीय स्वेता सुनारको समूह र चतुर्थ वर्षा न्यौपानेको समूह स्थान प्राप्त गर्न सफल भएको शिक्षक विवेकराज पोखरेलले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता बुटवल उपमहानगरपालिका वडा नं १० का जनप्रतिनिधि साथै विद्यालय व्यवस्थापन समितिका सदस्य यमुना काउचाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक दिनेश थापा, शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज पोखरेलले विजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकानमा दिएका थिए ।