बुटवल,१९ भदौ ।
बुटवल उपमहानरपालिका वडा नम्बर १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पसमा तीज नृत्य प्रतियोगीता गरिएको छ ।
प्रतियोगीतामा बिबिएस द्धितिय बर्षका नेहा आलेको समुह प्रथम, बीए फष्ट सेमेष्टरका प्रतिज्ञा पौडेलको समुह द्धितिय र विविएस द्धितिय बर्षका समिक्षा गौतमको समुह द्धितिय भएका छन् ।
विजयी विद्यार्थीहरुलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष होम बहादुर गलामी, क्याम्पस प्रमुख घनश्याम पाठक, विविएस संयोजक बुद्धिराम चौधरी, विएड संयोजक महेक पाण्डे, विसीए संयोजक आशिष न्यौपाने, पब्लिक क्याम्पस प्रध्यापक संघका अध्यक्ष ईबरजा तिबारीले पुरस्कार प्रदान गरेका थिए ।
क्याम्पसका अतिरिक्त क्रियाकलपा संयोजक रेशमराज शर्माका अनुसार प्रथम पुरस्कार ५ हजार, द्धितिय समुहलाई ३ हजार र तृतिय समुहलाई नगद २ हजार रुपैयाँ प्रदान गरिएको थियो । सहभागी अन्य समुहलाई नगद १ हजार सहित प्रसंसा पत्रले सम्मान गरिएको संयोजक शर्माले जानकारी दिए ।
प्रतियोगीतामा निहारिका आचार्य, शर्मिाला पाण्डे, विकास श्रेष्ठले निर्यायको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा मुमाया थापा, ममता कार्की, एन्जीला पौडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।






