पाल्पा,१० भदौ ।
पाल्पाको ऐतिहासिक तथा धार्मिक महत्त्वकाे भगवती रथयात्राकाे अवसरमा लुम्बिनी प्रदेश सरकारले भदौ ११ गते मंगलबार पाल्पा जिल्लामा बिदा घोषणा गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले आइतबार विज्ञप्ति जारी गर्दै २०८० चैत २० गतेको राजपत्रमा प्रकाशित बिदासम्बन्धी सूचनाअनुसार भदौ ११ गते मंगलबार बिदा दिएको जनाएको हो ।

नेपालकाे राष्ट्रियतासँग सम्बन्धित भगवती रथयात्राकाे अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पाैडेल पनि पहिलोपटक मंगलबार पाल्पा आउने कार्यक्रम तय भएको छ ।

यसैबीच, यहाँका दुई बस समितिले भगवती जात्रामा व्यापारिक केन्द्र बुटवलदेखि तानसेन आउने र जाने बसमा ५० प्रतिशत बसभाडा छुटको घोषणा गरेका छन् ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालि र श्रीनगर यातायात सेवा कम्पनी प्रालिको बैठकले भगवती जात्राका अवसरमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ काउन्टरबाट टिकट काटेमा ५० प्रतिशत भाडा छुट दिने निर्णय गरेका हुन् ।