बुटवल ९ साउन
वालवालिकाको क्षेत्रमा काम गदै आएको किवानिज क्लव रुपन्देहीले बुधवार रुपन्देहीको मणिग्राम स्थित गिवार्ण सरस्वती संस्कृत तथा साधारण माविमा अध्ययन रत ३६५ जना
वालवालिकालाई पोशाक तथा स्टेशनरी सामान प्रदान गरेको छ ।
विद्यालयका प्राधानाध्यापक केदार चन्द्र पराजुलीले वालवालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने गरी गरेको सहयोगप्रति धन्यवाद दिदै आगामी पिदनमा पनि यस्ता
सहयोगको अपेक्षा गरेको बताए ।
कार्यक्रममा क्वलका इन्टरनेशनल टष्टी मोहन लम्सालले क्लवले विशेष गरी १८ वर्ष मुनीका वालवालिकाको क्षेत्रमा विभिन्न ५ वटा क्षेत्रमा काम गदै आएको जानकारी गराए । विशेष गरि
वालवालिकाको शिक्षा, स्वास्थ्य, व्यक्तित्व विकास, खेलकद र वातावरणको क्षेत्रमा सहयोग गदै आएकोमा यो विद्यालयमा शिक्षाको क्षेत्रमा सहयोग पुराउने लक्ष्यले सामान प्रदान गरेको बताए ।
कार्यक्रममा क्लवका राष्ट्रिय अध्यक्ष तिर्थ कुमार सिंहले
वालवालिकाको क्षेत्रमा सहयोग पुराउने गरी विश्वभर संचालनमा रहेको क्लव मध्ये रुपन्देहीको क्लव उत्कृष्ट रहेको बताए ।
आफ्नो वाल्यकालको आधारभूत शिक्षा साेही विद्यालयवाट हासिल गरेका किवानीज क्लव रुपन्देहीका अध्यक्ष मनोज आर्चायले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी शैक्षिक सामान प्रदान गरेको बताए ।
उनले विद्याथीहरुलाई प्रदान गरिएका सामाग्रीको सही
सदुपयोग गर्न शिक्षक कमचारी गम्भिर हुनुपर्नेमा जाेड दिए ।






