सर्लाही,७ साउन ।
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

उनको टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । उनको टाउकोको बायाँ भागमा चोट छ ।अहिले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकर पनि परिचालन गरिएको उपरीक्षक सिंहले जानकारी दिए ।

रायको हत्याको कारणबारे खुल्न सकेको छैन् ।