काठमाडौं,२४ असार ।
एसीसी महिला टी–ट्वेन्टी क्रिकेटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीले श्रीलंकासँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाली महिला टोली र श्रीलंका डेभलपमेन्ट टिमबीच भोलि अभ्यास खेल सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यी दुई टोलीबीच सरी भ्यालीमा तीन वटा अभ्यास खेल हुनेछन् ।
नेपालले भोलि, पर्सि र १६ जनुलाईमा श्रीलंका डेभलपमेन्ट टिमसँग टी–ट्वेन्टी अभ्यास खेल्ने तय भएको छ । आगामी एसिया कपको तयारीमा रहेको नेपाली महिला टोली हिजो साँझ कोलम्बो पुगेको थियो ।
आगामी १९ जुलाई अर्थात् साउन ४ गते सुरु हुने एसीसी टी–ट्वेन्टी महिला क्रिकेटमा नेपाल समूह एमा छ। नेपालको समूहमा नेपालसहित भारत, पाकिस्तान र युएईको महिला टोली रहेका छन् ।
समूह बीमा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्डका महिला टोली रहेका छन् ।






