काठमाडौँ,२२ असार ।
भारतमा चारजना नेपालीको हत्या भएको छ । मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
समाचारमा जनाईए अनुसार पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा रहेको बताइएको छ ।
मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।
४ जना नै स्थानीय कोइला खानीमा काम गर्ने मजदुर भएको बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको प्राप्त खबरमा उल्लेख छ ।






