बुटवल,२२ असार ।
बुटवल स्थित लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

मानित विश्वविद्यालयकाे रुपमा अगाडि बढेकाे क्याम्पसको १४ औं क्याम्पस सभाबाट संचालक समितिको अध्यक्षमा बुटवल उद्याेग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित श्रेष्ठ यस अगाडि क्याम्पस सञ्चालक समितिकाे उपाध्यक्ष रहेका थिए ।

क्याम्पस सञ्चालक समितिकाे सदस्यहरुमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय,बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री,बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू,त्रि.वि. प्रतिनिधि डा. अरुणकुमार क्षेत्री, प्राध्यापक संघ इकाई समिति अध्यक्ष धनबहादुर पुन (थापा), सस्थापक महेश्वरप्रसाद श्रेष्ठ, पूर्व क्याम्स प्रमुख राजेन्द्रप्रसाद बनतालाई सर्वसम्मत चयन भएकाे जनाइएको छ ।

त्यसैगरी सञ्चालक समितिकाे सदस्य सचिवमा क्याम्पस प्रमुख प्रा डा. ताराप्रसाद उपाध्याय ज्ञवाली रहेका छन ।

क्याम्पसकाे नि-वर्तमान अध्यक्षमा मोतिलाल पाण्डे रहेका छन् ।