बिराटनगर,२० असार ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण अहिलेको राजनीतिक घटनाक्रम विकसित भएको बताएका छन् ।
विहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डको अस्थीर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताएका हुन् ।
कांग्रेस-एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउँदै उनले चार महिनामै लसपस गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गरे ।
प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेको बताउँदै उनले छिटो भन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताए । प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प भएको बताउँदै उनले आफूहरुले केही दिन कुर्ने बताए ।






