लुम्बिनी,१७ असार ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिकाे टाेलीले बुद्वजन्मस्थल लुम्बिनीकाे भ्रमण गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे अनुगमनमा आएकाे टाेलीले साेमबार लुम्बिनीकाे भ्रमण गरेकाे हाे ।

पूर्व संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको सार्वजनिक लेखा उपसमिति टाेलीले शान्तिदिप, मायादेवि मन्दिरकाे अवलाेकनका साथै केही विहार क्षेत्रहरूकाे अवलाेकन गरेकाे लुम्बिनी बिकास काेषले जनाएको छ ।

यसअघि आयाेजित छलफलमा लुम्बिनी विकास काेषकाे अवस्था, सम्पादन भएका कार्यक्रम र लुम्बिनी गुरूयाेजनाका बिषयमा छलफल गरिएकाे थियाे ।

छलफलमा बाेल्दै पूर्व संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री एव प्रतिनिधि सभा सदस्य याेगेश भट्टराईले लुम्बिनि विकास काेषकाे संरचना परिवरेतन गर्नुपर्ने बताए ।

उनले काेषकाे ऐनले प्रदेश र स्थानीय तहलाई नचिन्ने बताउदै त्यसलाई परिमार्जन गर्दै स्वायत्त र शक्तिशाली लुम्बिनी विकास तथा पर्यटन प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताए । उनले केञ्जाेटागेले निर्माण गरेकाे लुम्बिनी गुरूयाेजनाका बाकी कामहरू सकेर गुरूयाेजनालाई पनि समय अनुकुल बनाउनुपर्नेमा जाेड दिए । उनले लुम्बिनिकास काेषकाे बार्षिक आम्दानी निकै न्यून रहेकाे, विकासका लागि बजेट अभावका सन्दर्भमा समितिका तर्फबाट सरकारकाे ध्यानआकर्षणलगराउने बताए ।

त्यसैगरि टाेलिले लुम्बिनी गुरूयाेजनाका काम, लुम्बिनीकाे विधुतीय बस सञ्चालन, विभिन्न विकास निर्माण लगायतका बिषयमा चासाे रमखेकाे थियाे ।

संसदीय टाेलीसंग लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले सरकारले गुरूयाेजनाका लागि मात्रै त्याे पनि निकै न्यून बजेट छुटयाउने गरेकाे बताए । उनले लुम्बिनीसंगै प्राचीन कपिलबस्तु तिलाैराकाेट दरबार, अस्तुधातु रहेकाे रामग्राम, मावली देवदहकाे विकासका लमगि बजेट अभावले काम गर्न नसिकएकाे बताए ।

यस्तै लुम्बिनी विकास काेषका बरिष्ठ निर्देशक ज्ञानिन राईले प्रस्तुती राख्दै लुम्बिनीमा कर्मचारी दरबन्दी (ओएनएम) भएपनि संरचना स्वीकृत हुन नसकेकाे बताए ।

भ्रमण टाेलीमामा संयाेजक योगेश कुमार भट्टराई सहित प्रतिनिधि सभा सदस्यहरू अच्युत प्रसाद मैनाली, अमरेश कुमार सिंह,विक्रम पाण्डे, मञ्जु खाँड, मनिप झा, श्याम कुमार घिमिरे र सराज अहमद फारुकी सहभागी छन ।