बुटवल,१४ असार ।
बुटवल–११ योगीकुटीमा रहेको मणिमुकुन्द माद्यामिक विद्यालय/कलेजले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले शुक्रबार एक कार्यक्रमकाबीच एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरूलाई बधाई तथा सफलताको शुभकामना दिएको हो ।
२०८० सालको एसईई परीक्षामा सहभागी २८ जना विद्यार्थी सतप्रतिसत उत्तिर्ण गराउन सफल मणिमुकुन्द माविकि छात्रा राेज कामुले उत्कृष्ट जिपिए ३.८७ प्राप्त गरेकी छन् ।
मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा मणिमुकुन्द कलेजका सञ्चालक उमापति न्याैपाने, मणिमुकुन्दका विद्यालय संयोजक हरी प्रसाद पाैडेल,
शिक्षक प्रकाश सुवेदी,अभिभावक शारदा सुवेदी,विद्यार्थी शशि बुढाथोकीलगायतले मणिमुकुन्द मावि तथा कलेजले प्राप्त गरेका उपलब्धि र भविष्यकाे योजना बारे आ आफ्नो भनाइ राखेका थिए ।
विद्यालयबाट ३.७४ देखि ३.८७ सम्म ल्याउने ५ जना,३.६ भन्दा तल ३.२ भन्दा माथि ल्याउने १५ जना र २.८५ देखि ३.२ सम्म ल्याउने ८ जना रहेको मणिमुकुन्द माविका विद्यालय संयोजक हरी प्रसाद पाैडेलले जानकारी दिए ।
कार्यक्रममा कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले स्थापनाकाे छाेटाे समयमै विद्यालय र कलेजले उत्कृष्ट नतिजा दिदै आएको बताउदै यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरूले एमबीबीएस,ईन्जिनियरिङलगायतका बिषय अध्ययनका लागि पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताए ।
२०८० सालमा नेपाल सरकारले लिएको मेडिकल तर्फको प्रवेश परीक्षामा एकैपटकमा सात जनाले एमबिबिएसमा छात्रवृत्ति प्राप्त गरेका छन् भने यसै वर्ष इन्जिनियरिङमा छ जना, एप्लाइड साइन्समा तीन जना, नर्सिङमा चार जना, बिएएमएसमा एक जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका प्राचार्य क्षेत्रीले बताए ।
एकै शैक्षिक सत्रमा आएको यो नतिजा उपत्यका बाहिरको सर्वोत्कृष्ट भएको कलेजले दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा पप्पु बानियाँ र घनश्याम बेलबासेले नेपाल चौथो र पाँचौ स्थान ल्याएका छन् भने लुम्बिनी प्रदेशमा पटक पटक उत्कृष्ट हुँदै आएको सहप्राचार्य दिवाकर खनालले बताए ।
कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरु अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अब्बल भएको कुरा प्रथम एनालग अन्तरिक्ष यात्री ज्योति केसी, टिकटक प्रोग्राम इन्जिनियर विर बहादुर खत्री, गुगलका इन्जिनियर विशाल गौतमले प्रमाणित र हिमाल खबर पत्रिकाले गरेको सर्वेक्षणबाट नेपालका उत्कृष्ट ५० विद्यालयमा पटक पटक सूचीकृत हुनुले पुष्टि गरेको उनको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाको सर्वेक्षण र मूल्याङ्कनमा पनि मणिमुकुन्द क वर्गको विद्यालयमा सुचिकृत भएको छ ।






