पाल्पा,१३ असार ।
निजी विद्यालयहरूलाई पछाडि पार्दै पाल्पाका दुई सामुदायिक विद्यालयका विद्यार्थीले एसईईमा ४ जिपिए ल्याएका छन् ।

राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०८० को रिजल्टमा पाल्पाबाट दुुई जनाले ४ जिपिए ल्याएका हुन् ।

पाल्पाको तानसेन स्थित जनता माध्यमिक विद्यालय(जेभेटी) का उत्सव ढुङ्गाना र पुर्वि पाल्पाको रामपुर नगरपालिकाको दराई ठाटी माध्यमिक विद्यालय रामपुरकी पूर्णिमा लक्ष्मी कुवँरले ४ जिपिए ल्याएकाे सम्बन्धित विद्यालयले जनाएका छन् ।

४ जिपिए ल्याउने दुवै विद्यालय सामुदायिक हुन् ।

जेभिटीबाट ढुङ्गानासहित १२ जना ए प्लससहित ६५ जना विद्यार्थीहरु उतीर्ण भएकाे विद्यालयले जनाएको छ ।

यसै गरी दराईठाटी माध्यमिक विद्यालयबाट कुवँर सहित ८ जनाले ए प्लस ल्याई २८ जना उतीर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीका अनुसार पाल्पाबाट ४ जिपिए ल्याउनेमा २ जना, ३.६१ देखी ४ जिपिए अर्थात् ए प्लस ल्याउनेमा १ सय ५ जना, ३.२१ देखी ३.६० जिपिए अर्थात् ए ल्याउने विद्यार्थी २ सय ८२ जना, २.८१ देखी ३.२० अर्थात् वि प्लस ल्याउनेमा ४ सय ३७ जना, २.४१ देखी २.८० सम्म अर्थात् वि ल्याउनेमा २ सय ८१ जना र २.०० देखी २.४० जिपिए अर्थात् सि प्लस ल्याउनेहरुमा १२ जना रहेका छन् ।

गतबर्ष पाल्पाबाट नियमित रुपमा ४ हजार १० र ग्रेडवृद्धितर्फ १ सय ७२ गरी ४ हजार १ सय ८२ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमा नियमित तर्फ १ हजार १ सय १७ जना उतीर्ण भएका छन् भने ननग्रेडिङ्गमा २ हजार ६ सय १० जना परेका छन् । यस बर्षको एसईई नतिजामा पाल्पाबाट २७.८५ प्रतिशत मात्र विद्यार्थीहरु उतीर्ण भएका हुुन् । जिल्लाबाट १ सय १८ वटा सामुदायिक र १९ वटा निजी विद्यालय गरी १ सय ३८ वटा विद्यालयबाट विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएका थिए ।

गत वर्षको नतिजामा जिल्लाबाट एक जनाले मात्र चार जिपिए ल्याएका थिए ।