बुटवल,१३ असार ।
एसईईको नतिजामा अब्बल सावित हुदै आएको रूपन्देही यसपटक भने कमजोर देखिएको छ ।
पटक पटक नेपाल प्रथम भै नाम कमाएकाे रुपन्देही यस वर्षको एसईईको नतिजामा केवल २ जनाले मात्रै जीपीए ४ ल्याएपछि कमजोर देखिएको हो ।
देशभर १८६ जनाले ४ जीपीए ल्याउदा रूपन्देहीबाट २ जनाले मात्रै ४ जीपीए ल्याउन सफल भएका हुन् ।
जीपीए ४ ल्याउनेमा जिल्लाको एक सामुदायीक विद्यालय र एक नीजि विद्यालयका छात्र रहेका छन् ।
रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराईले एसईईको नतिजामा जीपीए ४ ल्याएका छन् ।
बुटवलका नाम चलेका सामुदायीक विद्यालयलाई पछाडि पार्दै सैनामैना स्थित रामापुर माविका विद्यार्थीले जीपीए ४ ल्याएका हुन् ।
रामापुर माविबाट १८० जनाले एसईई दिएकामा भट्टराईको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले जानकारी दिए । बुबा कृष्ण भट्टराई र आमा रमा भट्टराईका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका कृतिम सानैदेखि पढाइमा मेधावी थिए ।
त्यस्तै नीजितर्फबुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा जीपीए ४ ल्याएका छन् । न्यू होराइजनबाट ३३९ जनाले एसईई दिएकामा प्रवेशको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्रिन्सिपल लोकनाथ उपाध्यायले बताए ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका उनका काका लिला खनालले जानकारी दिए । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् ।
यो समाचार तयार पार्दासम्म बुटवलका नाम चलेका अन्य निजी बिद्यालयहरूबाट कसैले पनि जीपीए ४ ल्याएकाे जानकारी प्राप्त भएको छैन ।