काठमाडौं,१२ असार ।
एसईईको नतिजा बिहीबार मात्रै सार्वजनिक हुने भएको छ ।

यसअघि आजै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी भएको नतिजा प्राविधिक कारण जनाउदै बिहीबार मात्रै सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

यद्यपि नतिजा प्रकाशन सम्बन्धि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।