काठमाडौं,११ असार ।
अफगानिस्तान जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा बङ्गलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको बङ्गलादेशले १७.४ ओभरमा अल आउट हुँदै १०५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा बङ्गलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो ।
विश्वकपको इतिहासमा अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो । अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ ।
यो खेल बिहीबार बिहान ६: १५ बजेदेखि सुरु हुने छ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र इङल्याण्ड खेल्ने भएका छन् । यो खेल बिहीबार राती ८: १५ बजेदेखि सुरु हुने छ। योसँगै अस्ट्रेलिया र बङ्गलादेश भने विश्वकपबाट बाहिरिएका छन् ।






