रौतहट,१० असार ।
पारिवारिक विवादको कारण आफ्नै बिहिनिको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ बर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् । राम माथि ज्यान सम्बन्धी कर्तव्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।
हिजो आइतबार बिहान ३ बजेर ४० मिनेटमा घरायसी विवादको कारण रिसमा दीपेन्द्रले आफ्नै बहिनी २० बर्षिया तेतरी कुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गरेकाे प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थामा घाइते भएकी बहिनी रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल बिरगंज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
मृतकको शव पोस्टमार्टम भएर पीडित परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।