काठमाण्डाै,८ असार ।
आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–आठ’ काे आफ्नाे दाेस्राे खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएकाे छ ।

बारबडाेसकाे केन्सिङ्टन ओभलमा आज बिहान भएकाे खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हराएकाे हो ।

अमेरिकाले दिएकाे १ सय २९ रनकाे लक्ष्य वेस्ट इन्डिजले ५५ बलअघि नै मात्र १ विकेट गुमाएर भेटायाे । जितका लागि वेस्ट इन्डिजका शाई हाेपले नट आउट ८२ रन बनाए । यस्तै निकाेलस पुरनले नट आउट २७ रन जाेडे । अमेरिकाका हरमीत सिंहले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे अमेरिका १९ ओभर ५ बलमा १ सय २८ रनमा अल आउट भएकाे थियो । अमेरिकाका एन्ड्रिस गउसले २९, नितिश कुमारले २० रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र रस्टन चेसले समान ३ तथा अल्जारी जाेसेफले २ विकेट लिए ।

याे जितसँगै ‘सुपर आठ’ काे ‘समूह–२’ रहेकाे वेस्ट इन्डिजले २ खेलमा २ अङ्क जाेडेर तालिकाकाे दाेस्राे स्थानमा छ । यसअघि आफ्नाे पहिलाे खेलमा वेस्ट इन्डिज इङ्गल्यान्डसँग र अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएकाे थियाे ।