बुटवल,६ असार ।
भैरहवा बाट जनकपुरतर्फ जादैगरेको लु १ ख ८८४८ नम्बरको रात्रि बस सर्लाहीकाे बागमती नगरपालिकास्थित रायमाझी चोकमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेका छन् ।

भैरहवाबाट जनकपुरतर्फ जादैगरेको लु १ ख ८८४८ नम्बरको रात्रि बस आज बिहान पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको एन एल ०१ एच ९२५२ लरीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै घाइतेको उद्धार गरी हरिवनस्थित नमूना अस्पताल पुर्याएकामा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेकाे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।