काठमाडौ,३ असार ।
जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ ।
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सोमबार सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
स्वीजरल्याण्डको जेनेभामा भएको ११२औँ अन्ताराष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् ।
यसैबीच राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायर बीच जर्मनीको बर्लिनमा द्विपक्षीय भेटवार्ता सुरू भएको छ ।