बुटवल,३० जेठ ।
स्वास्थ्य विमा बाेर्ड अन्तर्गतका दर्ता सहयोगीहरूले वाेर्डकाे बुटवल स्थित लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।
स्वास्थ्य विमा गराए बापत पाउने प्राेत्साहन भत्तामा १५ प्रतिशत कर लगाउने निर्णयको बिराेधमा उनिहरूले आज अपरान्ह बुटवलको कालिकानगर स्थित बाेर्डकाे प्रदेश कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।
उनिहरूले बाेर्डका प्रदेश कार्यालय प्रमुख जनक बहादुर साउदलगायतका कर्मचारीहरूलाई बाहिर निकालेर कार्यालय प्रमुखको कार्यकक्ष र गेटमा तालाबन्दी गरेका थिए ।
तालाबन्दी गर्नुअघि उनिहरू नाराबाजी गर्दै कार्यालय घेराउ गरेका थिए ।
२०७७ असाेज १४ गतेदेखि लागु भएको दर्ता सहयोगीकाे प्राेत्साहन भत्तामा १ प्रतिशत मात्रै अग्रिम आयकर तिर्दै आएकोमा महालेखा परीक्षकको कार्यालयले यसअघि खाइपाई आएको भत्ता बाट समेत थप १४ प्रतिशत कर असुल गर्नु भन्ने निर्णय सच्याउन माग गर्दै बाेर्डकाे प्रादेशिक कार्यालयमा तालाबन्दी गरिएको संघर्ष समिति रूपन्देहीका अध्यक्ष संयोजक विकास गहतराजले जानकारी दिए ।
आफुहरूकाे माग सम्बाेधन गर्न माग गर्दै यसअघि प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएकोले तालाबन्दी गरिएको उनलेे बताए ।
माग तत्काल सम्बाेधन नभए देशभर ६ हजारको संख्यामा रहेका दर्ता सहयोगीहरूले राजधानी काठमाडौ स्थित बाेर्डकाे केन्द्रीय कार्यालय र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने उनिहरूले चेतावनी दिएका छन् ।