काठमाण्डाै,२९ जेठ ।
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढीमा कार्यरत एक शाखा अधिकृत बिरूद्व नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएकाे अभियाेगमा मुद्दा दायर भएको छ ।
सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका साताैँ तहका शाखा अधिकृत लक्ष्मण शाहले भारतकाे उत्तर प्रदेश राज्यकाे माध्यमकि शिक्षा परिषद्बाट इन्टरमिडियट (कक्षा १२) तहकाे परीक्षा उत्तीर्ण गरेकाे भनी झुटा शैक्षिक याेग्यताकाे प्रमाणपत्र पेश गरी जागिर खाएकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले उनी बिरूद्व बिशेष अदालतमा मुद्दा दायर गरेको हो । शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कम्प्युटर अपरेटर हुँदै शाखा अधिकृतसम्मकाे जागिर खाएकाे अख्तियारले जनाएको छ ।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजायकाे मागदाबी लिई आज विशेष अदालत काठमाण्डाैमा आरोप पत्र दायर गरेको छ ।