काठमाडौँ,२५ जेठ ।
एसियाली विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा बिहीबार यूएईले नेपाललाई ४–० ले हराएको छ । यससँगै छनोटमा नेपालको खराब प्रर्शन कायम रह्यो । नेपालले छनोटको दोस्रो चरणका सबै पाँच खेल गुमाएको छ ।
स्टेडियममा भएको खेलमा यूएईा लागि हरिब अबदला अलमुसरखले दुई गोल गरे । यस्तै अलि सलेह र हाजिम अब्बासले एक/एक गोल गरे ।
यो नतिजापछि समूह ‘एच’ मा यूएईको पाँच खेलबाट १५ अंक भएको छ । नेपाल शून्य अंकमा छ । यसै समूहको अर्को खेलमा बहराइन र यमनले गोलरहित बराबरी खेले ।







