काठमाडौ,२२ जेठ ।
बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् ।

आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् ।

कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गर्दै विजयी भएकी हुन् । उनलेे ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।