बटवल,२१ जेठ ।
गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जीप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान गुल्मीको कालिगण्ड्की गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङ भन्ने ठाउँमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

पुर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जानकारी दिएको छ । जीपमा ७ जना सवार रहेको बताइएको छ ।