बुटवल,५ बैशाख ।
नेपाल मगर युवा संघ जिल्ला समन्वय समिति रूपन्देहीले जिल्लाका विभिन्न पालिकाका विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संघले शनिबार बुटवलमा एक कार्यक्रमकाबीच
नव बर्ष २०८३ सालको शुभकामना आदानप्रदान,भित्ते पात्राे विमाेचन एवम् विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा संघका सल्लाहकार तथा समाजसेवी क्या.प्रेमबहादुर गलामी मगर,नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष गिता सारू, नेपाल मगर संघ रूपन्देही सचिव राधिका श्रीस, नेपाल मगर संघ बुटवलका अध्यक्ष लुमबहादुर सारू,नेपाल मगर युवा संघ प्रदेश सदस्य इन्दु थापालगायतले आफ्नो हक अधिकार प्राप्तिका लागि मगर समुदायबीच एकता जरुरी रहेकोमा जाेड दिए ।

नेपाल मगर युवा संघ रूपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बुढाथोकीले अग्रजहरूकाे त्याग र बलिदानकै कारण सिंगो मगर समुदाय इमानदार जातिको पहिचान बनाउन सफल भएको भन्दै अग्रजहरूकाे सल्लाह सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने बताए ।

साे अवसरमा जिल्लाका विभिन्न पालिकाका आठ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

संघका उपाध्यक्ष पहलसिं राना मगरकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सचिव खेम आले मगरकाे सञ्चालनमा सम्पन्न भएको थियो ।