बुटवल,२० जेठ ।
रूपन्देहीको तिलाेत्तमामा स्थानीय तहका सवाल विषयक पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न भएको छ ।
आइतबार रुपन्देहीको तिलोत्तमा स्थित नयांमिलमा तिलोत्तमा नगरपालिकाको आयोजना तथा नमस्ते लुम्बिनी मिडियाको संयोजनमा एक दिने पत्रकारितामा स्थानीय तहका सवाल विषयक पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न भएको हो ।
कार्यक्रम समापनका अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांडले नगरपालिकाले गरेका कामका बारेमा पत्रकारहरुले सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे ।
पत्रकार समाजको ऐना भएको भन्दै उनलेे सरकारले गरेका राम्रा नराम्रा काम कारबाहीको बारेमा सत्य तथ्य बाहिर ल्याइदिए कमिकमजाेरी सच्याउन सहज हुने बताए ।
पछिल्लो समय स्थानीय तह भ्रष्टाचारको अखडा हुन् भन्ने भास्य निर्माण गर्ने दुस्प्रयास भैरहेको भन्दै उनलेे त्यसले संघीयता कार्यान्वयनमा कठिनाई उत्पन्न हुने चिन्ता ब्यक्त गरे ।
तालिमको सहजिकरण गर्दै राससका अध्यक्ष धर्मेन्द्र झाले
सामाजिक सञ्जालका कारण पत्रकारीता चुनाैतिपुर्ण भए पनि खाेजि पत्रकारीताकाे माग थप बढेर गएको बताए ।
प्रविधिको तिब्र विकाससँगै पत्रकारीताकाे माध्यमहरूकाे विकास भएको भन्दै उनलेे समाजले खाेजेका बिषयबतु पस्किन सक्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बोल्दै पत्रकार समय सापृेक्ष परिवर्तन हुनुपर्नेमा जाेड दिए ।
तालिममा रूपन्देहीका चार दर्जन बढी पत्रकारहरूकाे सहभागीता रहेको कार्यक्रम संचालक पत्रकार कमला पाण्डेयले जानकारी दिइन् ।








