बुटवल,१९ जेठ ।
मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवश
बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

समाजको स्थापना दिवशका अवसरमा बुटवलमा पनि
सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक भन्ने बिषयमा नागरिक सम्वाद कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सहभागिहरुले राजनैतिक दलहरु सत्ता स्वार्थमा लिप्त भएको र सुशासन स्थापना गर्न असफल रहेको भन्दै नागरिक समाजको भुमिका आवश्यक रहेको बताए ।

मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसा भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै २०५३ सालमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय सुशासन
प्रबद्र्धन र दण्डहिनता अन्त्यका लागि आवाज उठाउदै आएको छ ।

शनिबार बुटवलमा आयोजित सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक बिषयक नाग।िरक सम्वाद कार्यक्रममा सहभागिहरुले राजनैतिक अस्थिरका कारण मुलुकमा आर्थिक सामाजिक लगाएतका क्षेत्रमा बिभिन्न समस्याहरु उत्पन्न भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले राजनैतिक दल र नागरिक समाज एकताबद्ध भएर सुशासन कायम गर्ने संकल्पका साथ अघि बढेमा भ्रष्टाचार
न्युनिकरण गर्न सकिने बताए ।

राज्यका बिभिन्न तहका हुने गरेका अनियमिता अन्त्य गरि सदाचार स्थापना गर्न नागरिक समाजको खवरदारी आवश्यक रहेको कुरामा जोड दिँदै नगर प्रमुख खाणले मुलुकमा ब्यबस्था परिवर्तन गर्न एकता र सहकार्य गरेका राजनैतिक दल र नागरिक समाजको एकता र सहकार्य थप आवश्यक रहेको बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले नेपालमा राजनैतिक परिवर्तनमा सहकार्य गरेका शक्ति बिच एकता नहुँदा सुशासन प्रबद्र्धनमा
चुनौती थपिएको बताए ।

स्थापनाकाल देखिनै लोकतन्त्रको सवलीकरणमा जोड दिँदै
आएको शान्ति समाजले सुशासन कायम गर्न भ्रष्टाचार र अनियमिताको अन्त्यका लागि अभियान संचालन गरिरहेको खनालले बताए ।

उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, प्रदेश खेलकुद परिषदका सचिव जयप्रकाश भट्टराई, प्रदेश चिकित्सक
संघका अध्यक्ष डा.कृष्ण खरेल, पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियार लगाएतले मुलुकमा राजनैतिक स्थिरताको अभाव हुदा आर्थिक सामाजिक क्षेत्रमा समेत असर
परेको बताए ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सभापति प्रजापाल गिरी,माओबादी केन्द्रका महेन्द्र भुसाल, नेकपा माओबादीका शरद ओली, नेकपा एमालेका मेघराघ घिमिरे, लगाएतले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुती दिलाउन सरकार असफल भएको भन्दै नागरिक समाजले हस्तक्षेपकारी भुमिका खेल्न आवश्यक रहेको चर्चा गरेका थिए ।