नवलपरासी,१९ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा(मशाल) बीच नवलपरासीमा पार्टी एकता भएको छ ।
शुक्रवार बर्दघाटमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य रवि पाण्डेयको संयोजकत्वमा ३९ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको हो ।
त्यस्तै जिल्ला सहसंयोजकमा गणेश बहादुर ढकाल र भिम छन्त्याल निर्वाचित भएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ४ सदस्सीय जिल्ला कार्यालय र १३ सदस्सीय सचिवालय समेत गठन गरेको छ ।
कार्यालयमा संयोजक,दुई सहसंयोजक र कार्यालय सदस्यमा दुर्गा नारायण चौधरी रहेका छन । दुईवटा पार्टीका जिल्ला संगठन समितिलाई समायोजन गरेर नयाँ संगठन समिति निर्माण गरिएको हो ।
एकता अधिबेशन प्रशिक्षण तथा बैठक उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसीले पार्टी एकताको बिरुद्ध छरिएका भम्रहरुलाई चिर्दै क्रान्तिको पक्षमा ईमानदारीपूर्वक लाग्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय तिलक पुन र दीपक पौडेलले पार्टी एकताले जनतामा नयाँ तरंग पैदा गरेकोले बिधि र प्रक्रियामा सम्झौता नगरी क्रान्तिको उठान गर्नुपर्ने बताए ।
पार्टीका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले पार्टी अनुशासन बारे प्यानल प्रस्ताव समेत राखेका थिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य हिमलाल बाग्ले , शहिद परिवार उर्मिला थापा,प्रदेश सल्लाहकार गुणनीधि पोखरेल,पूर्व जिल्ला सल्लाहकार गणेश विक, अदालत राजभरलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार बाबुराम मुसाफिरले कविता र कलाकार जयफुल्लाह हसनले जनवादी गित प्रस्तुत गरे ।
कार्यक्रम जिल्ला संयोजक रवि पाण्डेयको अध्यक्षता , सहसंयोजक गणेश बहादुर ढकालको संचालन तथा अर्का सहसंयोजक भीम छन्त्यालको स्वागतमा भएको थियो ।
बर्दघाटको त्रिवेणीचोकमा एक कार्यक्रम आयोजना गरेर पार्टी एकता घोषणा गरिएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य निरज केसी, केन्द्रीय सदस्यद्वय क्षेत्र बहादुर थापा,रवि पाण्डेय, जिल्ला सहसंयोजक भीम छन्त्याल, बिद्यार्थी नेता सन्देश सापकोटा लगायतले सम्बोधन गर्दै पार्टीले जनताको न्यायपुर्ण लडाईमा सदैव साथ दिने प्रतिवद्वता ब्यक्त गरेका थिए ।
बसपार्क आसपास र बर्दघाटका बिभिन्न स्थानमा बिना बिकल्प साना ब्यवसायीका टहरा भत्काएको बिरोधमा ब्यवसायीहरुले गर्दै आएको आन्दोलनलाई ऐक्यबद्धता जनाउने घोषणा गरिएको थियो ।








