दाङ,१८ जेष्ठ ।
लुम्बिनी प्रदेश सरकारले यही जेठ २१ गते आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
आज शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले यही जेठ २१ गते प्रदेशसभा आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निणर्य गरेको हो ।
बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निणर्य भएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।








