बुटवल,१८ जेठ ।
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका
सरोज खनाल नियुक्त भएका छन् ।

प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा खनाललाई नियुक्त गर्ने निणर्य गरेको हो । बाडगंगा नगरपालिका-८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् ।

अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयाोग पदाधिकारी विहिन भएको थियो ।

यसैबीच मुख्यमन्त्री जाेख बहादुर महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त गरेका छन् ।

पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुुशान्त बैद्दिकलाई नियुक्त गरेकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।