बुटवल,१८ जेठ ।
रुपन्देहीको कञ्चन गाउँपालिमा जिल्लामा सबै भन्दा कम बेरुजु हुने पालिका बनेको छ ।
महालेखा परिक्षक कार्यालयले जेष्ठ १३ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक लेखा प्रतिवेदनमा कञ्चन गाउँपालिका रुपन्देहीमै बेरुजु कम गर्ने पालिका बनेको हो ।
रुपन्देही जिल्लाका १६ वटा स्थानीय तह मध्ये आर्थिक बर्ष २०७९/०८० मा कुल लेखा रकम परिक्षणको १.२२ प्रतिशत मात्र बेरुजु कायम भएकोले रुपन्देहीमा कञ्चन गाउँपालिका सबै भन्दा कम बेरुजु हुने पालिका बन्न सफल भएको हो ।
आर्थिक बर्ष २०७९/०८० को कुल बजेट मध्ये चालु तर्फ ८१.२२ प्रतिशत,पुँजीगत तर्फ ७९.७६ प्रतिशत र कुल खर्च ८०.६८ प्रतिशत भएको छ । साथै,कञ्चन गाउँपालिकाले विगत आर्थिक बर्ष २०७४/०७५ देखि आर्थिक बर्ष २०७८/०७९ सम्मको बेरुजु रकम मध्ये करिब ५ करोड रकम समपरिक्षक गर्न सफल भएको कञ्चन गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले जानकारी दिए ।
महालेखा परिक्षक कार्यालयको ६१ औं वार्षिक प्रतिवेदन २०८१ अनुसार पालिकाले सन्तोषजनक कार्य सम्पादन गरेको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताए ।
कानुनको परिधिमा रहि कार्य सम्पादन गर्दा रुपन्देहीमा पहिलो बेरुजु कम गर्ने पालिका बनेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले योजनाका काम साउन देखि नै सुरु गरिएको जानकारी गराए ।
विगतका वर्षमा कानुनै नबन्दा काम गर्न असहज भएकाले बेरुजु बढेको र आफुहरुले पदभार सम्हालेसँगै कानुन निर्माण गरि कानुनलाई टेकेर काम गर्दा शतप्रतिशत काम उत्कृष्ट बन्न गएको उनको दाबी छ ।








