अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न २ जना भैरहवाबाट पक्राउ
बुटवल,१८ जेठ ।
रुपन्देहीकाे तिलोत्तमा नगरपालिीका ३ योगीकुटीबाट प्रहरीले लागु औषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले लागु औषध ब्राउन सुगर सहित तिलोत्तमा नगरपालिका वडा नं. ४ का ४० वर्षिय होम बहादुर पोख्रेल र सोही नगरपालिका १ का २४ का कमल गुरुङलाई पक्राउ गरेको हो ।
तिलोत्तमा नगरपालिका वडा नं. ३ योगिकुटीमा लागु औषध कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ परेकाहरुको शरिर खान तलासी लिँदा ३ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउनसुगर खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलबाट आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न २ जना भैरहवाबाट पक्राउ
अनलाईन सट्टेबाजी (जुवा) खेलाएकाे आराेपमा रुपन्देहीको भैरहवाबाट २ जना पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ६ हनुमान मन्दिर नजिकैबाट अनलाईन जुवामा संलग्न २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लुकिछिपी अनलाईन मार्फत जुवा (सट्टाबाजी) अबैध रुपमा सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ का ३३ वर्षिय सोनुमणि त्रिपाठी र सोही नगरपालिका ६ का २९ वर्षिय पवन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयलाई सामाजिक सञ्जाल वाट्सएप, फेसबुक, मेसेन्जर, टेलिग्रामको माध्यमबाट अनलाईन जुवा (सट्टावाजी) संचालन गरीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
पक्राउ परेका त्रिपाठी र चौधरीबाट सट्टेवाजीमा प्रयोग भएका उपकरणहरु ल्यापटप, मोवाईलबरामद भएको डीएसपी भट्टले बताए । उनिहरूलाई अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।








