बुटवल,१६ जेठ ।
बुटवल उपमहानगरपालिकाले काठमाडौंमा हुने स्नुकर प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेको छ ।
बुधबार बुटवल उपमहानगरपालिकामा आयाेजित एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले खेलाडीहरुलाई बिदाई गरेका हुन् ।
खेलाडीहरुलाई बिदाइ गर्दै प्रमुख पाण्डेयले बुटवलको इज्जत राख्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।
कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बुटवलले खेल जितेर आउने विश्वास व्क्त गरे ।






