दाङ,१६ जेठ ।
दाङको देउदुरी स्थिति गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमहीतर्फ जादै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएकाे जानकारी दिइन् ।
घाइतेहरुकाे लमही अस्पताल उपचार भइरहेको उनलेे बताइन् । उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।
दुर्घटनाको कारण खुलेको छैन । तर प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी समक्ष बताएका छन् ।
बस सडक किनारको नालीमा पल्टिएको छ ।






