बर्दिया,१५ जेठ ।
‘स्विमिङ पुल’मा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेका छन् ।
बर्दियाको कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।