बुटवल,१५ जेठ ।
सडक भासिँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा सवारी आवागमन अबरुद्ध भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) काे गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै बन्द भएको जानकारी दिए । अवरुद्ध सडकमा ट्रक फसेको छ । त्यसलाई हटाउने र सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

त्यसअघि भासिएको सडकमा लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसले एक्कासी ब्रेक लगाउँदा आठ जना यात्रु सामान्य घाइते भएका छन् । एक्कासि ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन पुगेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।